कञ्चनपुरका ९ वटै स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार

दार्चुला। नेकपा एमालेले कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटिका सचिव धर्मराज पाठकले कञ्चनपुरका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लागेको अनलाइनखबरलाई जानकारी दिनुभयो।
उहाँका अनुसार जिल्लाको सबैभन्दा पूरानो भीमदत्त नगरपालिकाको मेयरमा महेशप्रसाद पन्त र उपमेयरमा भुवन केसी कुँवरलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

यस्तै दोधाराचादनी नगरपालिकाको मेयरमा किशोर लिम्बु, उपमेयरमा खेमा चन्द, वेदकोट नगरपालिकाको मेयरमा सुशिला सिंह, उपमेयरमा लक्ष्मण राना, शुक्लाफाँटा नगरपालिकाको मेयरमा रणबहादुर महरा, मोनिका भण्डारी, कृष्णपुर नगरपालिकाको मेयर लोकेन्द्रप्रसाद पन्त, रमिता राना बडायक र पुनर्वास नगरपालिकाको मेयरमा पदम पुजारा, उपमेयरमा सुशिला खत्री तथा बेलौरी नगरपालिकाको मेयरमा कमला बोहरा, उपमेयरमा जोगुराम चौधरीलाई उम्मेदवार बनाइने पाठकले बताउनुभयो ।

यस्तै लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना, उपाध्यक्षमा सपना चौधरी र बेल्डाडी गाउँपालिकाको अध्यक्षमा अक्कलबहादुर विष्ट, उपाध्यक्षमा फूलकुुमारी राना उम्मेदवार बन्ने भएकी छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?