दार्चुला । डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उनीहरुको डोटीमा उपचार भइरहेको छ । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस पूर्वीचौकी गाउँपालिका वडा नं ४ मा आज (बिहिबार) बिहान ५ बजे दुर्घटना भएको हो ।
बस सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




