कैलालीमा निर्वाचित पालिका अध्यक्ष उपाध्यायको शपथ रोक्न आयोगको निर्देशन

दार्चुला । निर्वाचन आयोगले कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ ग्रहण रोक्न निर्देशन दिएको छ। माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायको शपथ ग्रहण रोक्न आयोगले निर्देशन दिएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभयो। अर्को निर्णय नभएसम्मका लागि उनको सपथ रोकिएको पनेरुले बताउनुभयो ।

उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेको छ। तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो। यस्तै नेपाली कांग्रेसबाट वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचार सम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन छ। भ्रष्टाचारको मुद्दा विचाराधीन भएकाहरु जनप्रतिनिधि चुनिएपछि सपथ के गर्ने भन्ने अन्योल थियो।

तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुको मुद्दा विचाराधीन रहेको पत्र पठाएपछि निर्वाचन आयोगले शपथ रोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?