दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई ३८०० भत्ता दिदै

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिने भएको छ।

गाउँपालिकाले गत वर्ष छोरी जन्माउने पालिका भित्रका दुई सय १३ आमालाई प्रोत्साहन भत्ता दिने भएको हो।

स्वास्थ्य संस्थामा गएर छोरी जन्माएका आमाहरुलाई प्रोत्साहन र शिशुको पोषण अवस्था सुधारका लागि भत्ता दिन लागेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताउनुभयाे।

छोराछोरी बराबर हुन् भन्ने सन्देश दिन र विभेद हटाउन आमालाई प्रोत्साहन भत्ता दिन लागिएको जनाए।नेपाल सरकारले संस्थागत सुत्केरी भए यातायत खर्च वापत दिने दुई हजार र नियमित गर्भ जाँच गराएवापत (चार पटक) आठ सय रुपैँया भत्ता दिदै आएकोमा गाउँपालिकाले छोरी जन्माउने आमालाई थप एक हजार गरी एकमुष्ट तीन हजार आठ सय रुपैँया प्रोत्साहन भत्ता दिने जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?