दार्चुला । कैलालीको गोदावरी नगरपालिका बुडितोला क्षेत्रमा एकजना नेपाली निजामती कर्मचारी माथी निर्घात कुटपिट सहित लुटपाट भएको छ । सोमबार डडेल्धुराको आलिताल गाउपालिकाका सुब्बा माथी तीन जना भारतिय नागरिकले निरघात कुटपिट गरि गाडि समेत लुटेर लगेका छ्न ।
निर्घात कुटपिट तथा लुटपाटमा परेका पीडित कंचनपुर जिल्ला बेदकोट नगरपालिका वडा नम्बर ३ सामादैजी बस्ने ३७ वर्षिय लोकेन्द्र भण्डारिका अनुसार भारतीयहरुले प्रदेश ३ (०१(२३च ८७२१ नम्बरको सिल्भर कलरको कार सहित एटीएम पैसा लगायतका सबै जिन्सी तथा नगद समान लुटेका हुन् ।
भण्डारीलाई टाउकोमा ढुङ्गाले प्रहार गरि हात खुट्टा मुख बांधेर गोदावरी नगरपालिका वडा नम्बर ४ राजमार्गबाट अन्दाजी ५०० मिटर तल झाडीमा फालिएको थियोे ।
कंचनपुरको महेन्द्रनगरबाट ३ जना भारतिय नागरिकले तेल खर्च दिने भन्दै कैलालीको खानिडांडा सम्मका लागी लिफ्ट मागेको र गोदावरीबाट १५ किलोमिटर माथी पहाडी रुटमा फोटो खिच्ने बाहनामा गाडि रोकि लुटपाट गरेका हुन् ।
दिउँसो १२ बजेतिर घटेको उक्त घटनाका पिडितको उद्दार गरि उपचारका लागि प्रहरीले अत्तरिया लगेको छ ।
पीडितका अनुसार गाडी लगेर भारती फरार भएका छ्न । भने घटनासम्बन्धी थप विवरण आउन बाकी रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया