मनोरथ मिश्र, दार्चुला । दार्चुलामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय सञ्चालनमा आएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुला सदरमुकाम खलंगामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालय उद्घाटन गर्नुभएको हो ।

२०६३ सालमा विस्थापन भएको तत्कालीन खाद्य संस्थानको जिल्ला कार्यालय १६ वर्षपछि पुनःस्थापना गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले जनाएको छ । कार्यालय खलंगामा रहने र जिल्लाका १२ डिपोहरुबाट खाद्यान्न वितरण गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले बताउनुभयो । यसअघि जिल्लाका विभिन्न ठाउँमा खाद्यका डिपो भएपनि धनगढीबाट खाद्यान्न आपूर्ति गर्दै आएको हुनाले जिल्लामै शाखा कार्यालय स्थापनापछि आपूर्तिमा सहज हुने उहाँको भनाई छ । स्थानीय उत्पादन कम हुने यहाँका दुर्गम ठाउँका स्थानीय बर्सेनि खाद्य संकट बेहोर्दै आएका छन् । कार्यालय सञ्चालनमा आएसंगै खाद्यान्न आपूर्तिको समस्या समाधान हुने मन्त्री बडूको भनाई छ । कम्पनीले दुर्गम जिल्लामा चामल उपलब्ध गराउनुपर्ने र यहाँ उत्पादन गरिने खाद्यवस्तु जिल्ला बाहिर पठाउने उद्धेश्य अनुसार कार्यालय स्थापना गरिएको हो, मन्त्री बडूले भन्नुभयो, यहाँ उत्पादित चिजको ब्राण्ड बनाएर जिल्ला र देश बाहिरको व्यापार बजारमा पठाउनुपर्छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दका अनुसार साविकको नेपाल खाद्य संस्थान र नेशनल टे«डिङ लिमिटेडलाई २०७६ साल जेठ १० गते नेपाल सरकारको निर्णयबाट गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्थापना गरिएको थियो । कम्पनीको किसानहरुको उत्पादनलाई नेपाल सरकारले तोकेको समर्थन मूल्यमा खरिद गर्ने, प्रशोधन गर्ने साथै ठूला शहरहरुमा मूल्य नियन्त्रण गर्न खाद्य वस्तुहरु सहुलियत मूल्यमा विक्रि वितरण गर्ने र दूर्गम क्षेत्रमा खाद्यान्न ढुवानी गरि जनतालाई सहुलियत मूल्यमा खाद्यान्न वितरण गर्ने उद्धेश्य रहेको छ । दार्चुलामा पाँच स्थानीय तहका १२ स्थानमा डिपो स्थापना गरि सहुलियत मूल्यमा खाद्यान्न वितरण भइरहेको उहाँले बताउनुभयो । दार्चुलामा महाकाली नगरपालिकामा शाखा कार्यालय स्थापना गर्नुका साथै अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी, घुसा र सितोला, व्यास गाउँपालिकाको सुनसेरा, छाङरु, टिङ्कर र राप्ला (दुम्लिङ), मार्मा गाउँपालिकाको पारिबगर, लेकम गाउँपालिकाको रातामाटा र कुणी, नौगाड गाउँपालिकाको नागुमा डिपो राखिएको छ । यसअघि पाँच डिपो सञ्चालनमा रहेकोमा थप सात स्थानमा डिपो विस्तार गरिएको मन्त्री बडूले बताउनुभयो ।

स्थानीय आवश्यकताको आधारमा कार्यालय स्थापना गरिएको हो, मन्त्री बडूले भन्नुभयो, यसको लाग जनता तथा किसानले पाउनुपर्छ । नेपाल सरकारको चालु आर्थिक बर्षको बजेटमा कृषिलाई प्रवद्र्धन गरि सबै पालिकामा यसको शाखा विस्तार गर्ने व्यवस्था गरिएकोमा त्यसको सुरुवात दार्चुलाबाट गरिएको मन्त्री बडूले बताउनुभयो । दार्चुलाको छाङरु र टिङ्करमा नेपालवाट पैदलमार्ग समेत नभएकोले त्यहाका जनतालाई सुविधा पुर्याउन खाद्यान्न आपूर्तिको भरपर्दो व्यवस्था गर्न यो बर्ष हेलिकप्टरबाटै खाद्यान्न ढुवानीको व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्दले बताउनुभयो ।

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?