ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

दार्चुला । बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना भएको हो। २३ वर्षीय करन बोहराले चनाएको शनिबार सुपप्र०१–००२प ४९३० नम्बरको ट्याक्टर दुर्घटनामा २ जना घाइते भएका थिए।

सोही ठाउँका चालक करन बोहरा, २८ वर्षीय निरज बोहरा घाइते भइ डडेल्धुरा अस्पताल रेफर गरिएको थियो। उपचारका क्रममा चालक बोहराको मत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्याक्टर सडकभन्दा ३०० मिटर तल खसेको थियो। घटना थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?