सुदूरपश्चिम सरकारले बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख राहत दिने

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो तथा डुबानमा परी मृत्यु भएका परिवारलाई राहत प्रदान गर्ने निर्णय गरेको छ।आज बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले ९ वटै जिल्लामा बाढी, पहिलो तथा डुबान जस्ता प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाहरुका नजिकका हकवालालाई एक लाख रुपैँया राहत दिने निर्णय गरेको हो।

उक्त रकम सम्बन्धी जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रदान गरिनेछ। यस्तै बैठकले प्रदेश विपद् कोषमा एक करोड रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ। कोषबाट दोहोरो नपर्ने गरी सो रकम विपदका कारण जनधनको क्षती व्यहोरेका परिवारलाई राहत सामाग्री र बसोबास व्यवस्थापनमा खर्च गरिनेछ।

मन्त्रालयहरुले विषयगत कार्यालय मार्फत विपदका घटनाबाट भएको भौतिक क्षतीको विवरण फरक नपर्ने गरी तत्काल उपब्ध गराउने, भौतिक पूर्वाधार मन्त्रालयले बाढी प्रभावित जिल्लामा अवरुद्ध सडक, खानेपानी, सिचाई कुलो लगायतका संचरना सूचारु गर्न शिघ्र काम थाल्नुपर्ने र सामाजिक विकास मन्त्रालयले तत्काल औषधी र चिकित्सक व्यवस्थाप गर्ने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको छ।

बैठकले विपदमा परी ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली दिदै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ भने घाईतेको प्रदेश सरकारले नै उपचार गर्ने जनाईएको छ।

यसअघि केन्द्र सरकारले बाढी, पहिलो तथा डुबान जस्ता प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाहरुका परिवारलाइ दुइ लाख रुपैँया राहत दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?