छ वर्षीया बालिकामाथि बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

दार्चुला । बझाङमा ६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–२ का ७० वर्षीय धनगिरी सार्की पक्राउ परेका हुन् ।

सार्कीले ती बालिकालाई चक्लेट र बिस्कुट दिन्छु भनि गएको भदौ ९ गते ललाईफकाई गरी ३ पटक बलात्कार गरेको खुलेको छ । सार्कीलाई देखेर बालिका डराउँदै लुकेपछि बलात्कारको घटना बाहिर आएको हो ।

बालिकाकी आमा माइती घर गएको मौका छोपी सार्कीले बालिकालाई आफ्नै घरमा ल्याएर करणी गरेको पीडित बालिकाको परिवारले जनाएको छ । सार्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण भइसकेको र योनीमा चोट लागेको देखिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?