बाजुरा । बाजुरामा मतदानका क्रममा भएको विवाद साम्य पार्न प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा प्रहरी र स्थानीयबीच झडप हुँदा एक जनाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभयो ।
मतपेटिका खोस्न आएपछि झडप भएको उहाँको भनाइ छ । जिल्लाका केही मतदान केन्द्रमा दिनभर अवस्था तनावपूर्ण रहेको उहाँले बताउनुभयो ।
गोली चलेपछि तिन जना घाइते भएका छन्। घाइतेहरुको पहिचान हुन सकेको छैन्।
घाईतको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया