‘मुक्तक : भोट दिने रोडमा, भोट माग्ने करोडमा’

अन्तिममा म परिवर्तन यही हो भन्ने निचोडमा पुगे,
जब भोट दिनेहरु रोडमा, भोट माग्नेहरु करोडमा पुगे ।
सडकमा गुन्जीने आवाजहरु जब सदनसम्म पुग्न छोडे,
सदनमा पुगेकालाई सडकमै ल्याउनुपर्छ भन्ने होडमा पुगे ।।

 

हात्ती छाप चप्पल पटकाउदै हिड्ने आज चिल्ला गाडिमा छन्,
युवाहरु स्वदेशमा रोजगारिका अवशर नपाएर आज खाडीमा छन् ।
योग्यता र क्षमता नभए नी उनैलाई रोजगारी मिल्छ यो देशमा
जो रोजगारी पाउनको लागि दिनहु शक्ति र शत्ताको चाकडीमा छन् ।।

 

काङ्गे्रस, कम्युनिष्ट सरकार आयो तर ईमान्दार आएन,
भ्रष्टाचार गर्नेलाई तह लगाउन सक्ने कुनै सरकार आएन ।।
कालापानि, लिपुलेक र लिम्पीयाधुरा फिर्ता हुने आशा छैन,
यो देशमा सुकुमबासी कमरेडले हडपेको बालुवाटार आएन ।।

 

यो देशमा एउटा ईमान्दार नेता चाहिएको छ,
ईमान्दार ब्यक्ती नेता नहुदाँ दुख पाईएको छ ।
जो व्याक्ति सत्ता र पैशाको निम्ति बेचिन्छ यँहा,
राष्टबादि, देशभक्त भनि उसकै गित गाईएको छ ।।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?