माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट

दार्चुला । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भटट् चयन हुनुभएको छ । दुईदेखि जारी माओवादी संसदीय दलको बैठकले भटट्लाई सर्वसम्मत संसदीय दलको नेतामा चयनमा गरेको हो । दलको नेता छनोट गर्न शनिवार बसेको बैठक विना निष्कर्ष टुंगिएको थियो । आज पुनः बसेको बैठकले भटट्लाई चयन गरेको माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्ष हरिराम चौधरीले बताउनुभयो ।

११ जना प्रदेश सभा सदस्य रहेको माओवादीभित्र संसदीय दलको नेताको लागि खगराज भट्ट, ओमविक्रम भाट, अक्कल रावल र मानबहादुर धामी आकांक्षी रहेका थिए । अक्कल रावल र मानबहादुर धामीले प्रदेश इन्चार्ज समेत रहेका भटट्लाई समर्थन गरेका थिए । तर भाटले भने शनिबारसम्म दलको नेतामा आफ्नो अडान कायमै राखेपछि सहमति जुट्न सकेको थिए ।

सहमति जुट्न नसकेपछि आज पुनः बैठक बोलाइएको थियो । अन्तिमसम्म आफ्नो अडान कायम राखेका भाटले पार्टीलाई एक ढिक्का बनाउन र प्रतिश्पर्धात्मक संस्कृतिको विकास गर्न आफ्नो अडान कायम राखेको र पछि अडानबाट पछि हटेको बताइएको एक नेताले बताउनुभयो । बाँकी पदाधिकारीको चयन दलको नेताले अर्को बैठकबाट चयन गर्ने बताइएको छ ।

डडेल्धुरा प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित भट्ट माओवादी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?