महाकालीमा बगेका पुरुष तीन दिनदेखि बेपत्ता

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ३ ब्रह्मदेब बाट्मुणी घर भएका दिपु राम लुहार महाकालीमा बगेर बेपत्ता भएका छन् ।

छ महिना पहिलेदेखि रोजगारीको लागि भारतको धार्चुला बस्दै आएका उद्या राम लुहारका छोरा अन्दाजी ३२ बर्षीय दिपु राम लुहार तीन दिन पहिले महाकाली नदीमा बगेर बेपत्ता भएको आफन्त हर्जित लुहारले रेडियो लोकदर्पणलाई जानकारी दिनुभयो ।

खलंगाको पारिपट्टी डुमपानी नजिक महाकाली को छाल तिर नुहाउने क्रममा महाकालीले बगाएको प्रतक्षदर्शीहरुले बताएका छन् । बेपत्ता पुरुषको खोजिकार्य भइरहेको आफन्तहरुले बताएका छन् । प्रहरीले समेत बेपत्ता भएको जानकारी पाएपछि खोजि कार्य भइरहेको जनाएको छ ।

बेपत्ता लुहारको घरमा दुई छोरा, श्रीमती र आमा रहेका छन् । आमाको समेत मानसिक अवस्था ठिक नभएकोले परिवार समस्यामा परेको आफन्त लुहारले बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?