दार्चुला । लेकम गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । लेकम गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कृष्ण माबि लालीले प्राप्त गरेको छ । यस्तै द्धितिय स्थान गल्लाकेदार माबि खरकडा र तृतिय स्थान लटिनाथ नमुना माबि चौपाताले प्राप्त गरेको लेकम गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत मोहनदेब बिष्टले जानकारी दिनुभयो ।
शिक्षा अधिकृत केशवराज ओझाको अध्यक्षता र गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यतामा समापन भएको प्रतियोगितामा गाउँपालिका उपाध्यक्ष माधवी जोशीको विशिष्ट आतिथ्यता रहेको लेकम गाउँपालिकाका प्रवक्ता सुरेशसिंह थापाले बताउनुभयो । १८ गतेदेखि सुरु भएको प्रतियोगितमा १० वटा माद्यमिक विद्यालयले विभिन्न खेलमा प्रतिस्पर्धा गरेको कृष्ण माबि लालीका क्याम्पस प्रमुख केशवराज जोशीले जानकारी दिनुभयो ।
यसैबिच दार्चुलाका नौँ वटा स्थानीय तहमध्ये कतै पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भइसकेको छ भने कतै जारी रहेको छ । नौँगाड गाउँपालिकामा जनहित माबि धुलिगडाले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी जितेको छ ।
यस्तै शैल्यशिखर नगरपालिका, मार्मा र व्याँस गाउँपालिकामा हिजोदेखि प्रतियोगिता सुरु भएको छ । पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भइसकेपछि पालिकाबाट छनोट भएको टिमले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पनि तयारी भइरहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया