दार्चुला । दार्चुलामा १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता फागुन १२ गते देखि खलंगामा सञ्चालन हुने भएको छ । जिल्ला राष्ट्रपति रनिङ्ग शिल्ड ब्यवस्थापन तथा निर्देशन समितिको बैठकले फागुन १२ देखि १६ गते सम्म जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिकामा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका नौँ वटै स्थानीय तहबाट छनोट भएका १८ बर्ष ननाघेका छात्र र छात्रा खेलाडीको सहभागिता रहने छ । भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, तेक्वान्दो लगायतका विभिन्न खेलमा अन्तरपालिकास्तरीय प्रतिस्पर्धा हुने छ ।

यसअघि दार्चुलाका नौ वटै पालिकामा पालिकास्तरीय प्रतियोगिता सम्पन्न भइसकेका छन् । छनोट भएका खेलाडीहरुको नामावली फागुन १० गतेभित्र जिल्ला खेलकुद विकास समितिको कार्यालयमा बुझाउन आग्रह गरिएको छ ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् ।

सायद पाठ को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?