टेष्ट राष्ट्रसँग नेपालको अभ्यास खेल नराखेकोमा क्यानले आईसीसीलाई लेख्यो पत्र

दार्चुला । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अर्को महिना जिम्बावेमा हुने क्रिकेट विश्वकप छनोटको लागि मंगलबार समूह विभाजन र खेल तालिका सार्वजनिक गर्दै वार्म अप म्याचको तालिका पनि सार्वजनिक गरेको छ ।

जसमा हरेक टिमले दुई(दुई वार्म अप म्याच खेल्ने तालिका छ । तर एसोसिएट राष्ट्रहमध्ये नेपालले मात्र टेष्ट राष्ट्रसँग वार्म अप खेल्न नपाउने भएको छ ।

नेपाल बाहेक अन्य पाँच राष्ट्रले टेष्ट राष्ट्रसँग वार्म अप म्याच खेल्ने तालिका हुँदा नेपालले भने एसोसिएट राष्ट्र ओमान र यूएइसँग मात्र वार्म अप म्याच खेल्ने तालिका छ ।

त्यसैले टेष्ट राष्ट्रसँग नेपालको वार्म अफ म्याच नराखिएको भन्दै नेपाल क्रिकेट संघ क्यानले आईसीसीलाई ध्यानाकर्षण गराएको छ ।

‘खेलतालिका सार्वजनिक भएपछि हेर्दा नेपालको मात्र टेष्ट राष्ट्रसँग वार्म अप म्याच राखिएको छैन । यो असमान व्यवहार भयो जस्तो लाग्यो । नेपालले पनि कम्तीमा एक टेष्ट राष्ट्रसँग वार्म अप म्याच खेल्न पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो । हामीले मंगलबारै आईसीसीलाई यसबारे इमेल लेखेर जानकारी गराइसकेका छौँ । जवाफ आएको छैन’, क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भन्नुभयो।

पाठकले अझै समय रहेकोले वार्म अप म्याचको खेलतालिकाबारे पुनर्विचार गर्न आग्रह गरेको बताउनुभयो। नेपालले जुन १३ मा युएई र जुन १५ मा ओमानसँग वार्म अफ म्याच खेल्ने तालिका छ ।

एसोसिएट राष्ट्रमध्ये नेदरल्याण्ड्स, स्कटल्याण्ड र अमेरिकाले दुई वटै वार्म अप म्याच टेष्ट राष्ट्रसँग खेल्ने तालिका छ । नेपालसँग एउटा(एउटा वार्म अप म्याच खेल्ने युएई र ओमानले टेष्ट राष्ट्रसँग समान एक वार्म अफ म्याच खेल्नेछन् ।

जुन १८ देखि जुलाई जुलाई ९ सम्म जिम्बावेको हरारे र बुलायोमा हुने विश्वकप छनोटमा चार टेष्ट राष्ट्र र ६ एसोसिएट गरी कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?