दार्चुला । बाजुराको तीनठाउँमा वेलीवृज निमार्ण हुने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री नरेश कुमार शाहीको विशेष पहलमा बाजुराका तीन ठाउँमा बेलिवृज पुल निमार्ण हुने भएको हो।
मन्त्री शाहीको पहलमा जिल्ला सदरमुकाम मार्तडीबाट अन्य स्थानीय तह जोड्ने गरी यसै आर्थिक वर्षमा बाजुराका तीन ठाउँमा बेलीवृज पुल निमार्ण हुने भएका हुन्। जिल्ला सदरमुकाम मार्तडि सहित कोल्टी सडक खण्ड अन्तर्गत बाउलीको अनाई खोला, कोल्टीको दानसागु खोला र भौनेरा खोलामा बेलिवृज पुल निमार्णका लागि जिल्ला र जिल्ला आसपासका जिल्लाहरुमा जगेडामा रहेका वेलीवृजलाई सो क्षेत्रमा लिई जोड्न संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निर्देशन दिएका छन्।
हाल सम्म पुल निमार्ण हुन नसकि सडक सञ्चाल संग नजोडिएका ठाउँमा तत्काल बेलीवृज पुल निमार्ण गरी सडक यात्रालाई सहज बनाउने गरी मन्त्री स्तरीय निर्णय भएको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग पुल महाँशाखाका उपसचिव कृष्णराज अधिकारीले बताउनुभयो।
संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बाजुराका तीन वटै ठाउँमा बेलिवृज पुल तत्काल निर्माण गर्न जेठ ३ गते मन्त्री स्तरको निर्णय गरेका थिए। सोही अनुरुप मन्त्रालयले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतलाई असार मसान्त भित्रै ती ठाउँमा बेलिवृज पुल निमार्ण गर्न निर्देशन दिएको उहाँले बताउनुभयो।
यता सडक डिभिजन कार्यालय साफेबगरका कार्यलय प्रमुख विवसबाबु सदादेव का अनुसार मन्त्रालयबाट नितिगत निर्णय भई परिपत्र आएको छ अब तत्काल प्रक्रियामा जाने समेत बताउनुभयो। त्यस्तै मन्त्री शाहीको पहलमा साफेमार्तडी सडक खण्ड अन्तगर्तग पर्ने बल्दे अमकोट द्धारी वैकल्पिक मार्गमा यसै आव काम सम्पन्न गर्ने गरी गत वैशाख २० गते सडक डिभिजन कार्यालय साफेवगरले ठेक्का आह्वान गरीसकेको छ।
कुल लागत १ करोड २९ लाख ९५ हजार ३ सय २४ रुपैया ६६ पैसा रहेको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया