दार्चुला । कञ्चनपुरमा लागुऔषधसहित चार जना पक्राउ परेका छन्।
बेलौरी नगरपालिका–१० सडकघाट स्थित नेपाल भारत सिमा नजिक भारतबाट नेपाल आउदै गरेको पिलभित भारतका २२ वर्षीय सोनु सिंह र २५ वर्षीय सुकदेव सिंह लागुऔषधसहित मंगलबार पक्राउ परेका हुन्। १० दशमलव ३६ ग्राम लागुऔषधसहित दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै मंगलबार साँझ भीमदत्त नगरपालिका–१८ जानकीटोल स्थित १५ निम्बुखेडाका २६ वर्षीय मन्दिप पाल सोहि स्थानका अन्दाजी १९ वर्षीया सृजना भाट लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
मालबाट शून्य दशमलव शून्य ९ ग्राम लागुऔषध र सृजनाको साथबाट ५ ट्याब्लेट स्पास फेला पारी दुवै जनालाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया