दार्चुला सहित सुदुरपश्चिममा आज गौरा पर्व, छैन चहल पहल

दार्चुला। सुदूरपश्चिममा मनाइने गौरा पर्वको आज मुख्य दिन, गौराष्टमी अर्थात दुर्वाष्टमी मनाइदैछ । पूजनका हिसाबले आज गौरापर्वको अन्तिम र महत्वपूर्ण दिन हो ।

हिजो अमुक्ताभरण सप्तमीका दिन गौराघरमा भित्र्याइएको गौरालाई आज ब्रतालु महिलाहरूले गौराखला मा लगेर पूजा गर्ने चलन छ ।

आजको दिनमा लौकिक मान्यता अनुसार गौराकी सौताका रूपमा ’सञ्ज्या’ लाई ल्याउने गरिन्छ। ’दूर्बा’ अर्थात् दुबोको पूजा गरिने हँुदा दूर्बाष्टमी पनि भनिएको हो ।

अष्टमी र दुबो दुबै भगवतीका लागि प्रिय छन्। त्यसैले गौरापर्व मनाइने क्षेत्रमा आजको दिनको विशेष महत्व छ। यसका साथै तागाधारी पुरूषका लागि ऋषितर्पणी वा जनैपूर्णिमाको महत्व भए जस्तै तागाधारी नारी जातिका लागि आज विशेष महत्व छ ।

पबित्र धागोबाट निर्माण गरिएको ’दुबोधागो’ लाई बिधिपूर्वक अभिमन्त्रित गरी तागाधारी नारीहरूले आजकै दिन धारण गर्दछन् । पुरानो मान्यता अनुसार दुबोधागो ग्रहण नगरिएका महिलाहरूले भात भान्सा गर्न र गौरा पुज्ने अधिकार पाउँदैनथे ।

‘आज गौराष्टमी अर्थात् दूर्बाष्टमीका दिन लोली गौरा र सञ्ज्या गौराको सौतीमिलन गराइ मंगलगान (फाग) गाएर पूजा अर्चना सकेपछि सबै ब्रतालु महिलाहरू मिलेर गौरा महेश्वरलाई त्यहाँबाट उठाइ सूर्यार्घ दिन्छन्,’ उनले भने, ‘त्यसपछि अठवाली पूजा गर्ने गरेको गौराको खलामा राख्छन् । अठवाली गान सकेपछि फल फड्काउने, सूर्यको पूजा गर्ने र प्रसादको रूपमा टिका, फूल एबम् पञ्चबिरूडा बाँड्ने तथा डेउडा खेल्ने प्रचलन छ ।’

सांस्कृतिक तथा सांगीतिक पर्व गौराको सुदूरपश्चिम प्रदेशमा बेग्लै धरोहर रहेको छ । गौराभित्र यहाँको समग्र लोकजीवन प्रतिबिम्बित भएको देख्न सकिन्छ । यो वर्ष भने कोरोना महामारीका कारण गौरापर्व उल्लासपूर्ण हुन नसके पनि घरभित्रै आआफ्नो तरिकाले गौरा मनाइदैछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?