बझाङको सुर्मा गाउँपालिका–४ का वडाध्यक्षको निधन

दार्चुला । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष सर्जन बोहराको मृत्यु भएको छ । मधुमेह र कलेजोलगायतसम्बन्धी समस्याका कारण ३८ वर्षको उमेरमा गएराति उहाँको निधन भएको हो।

केही समय अघिदेखि बिरामी रहेका बोहरा उपचारका लागि नेपालगञ्ज गएका थिए। चिकित्सककै सल्लाहमा घर फर्केकै केही दिनमा उहाँको निधन भएको आफन्तले बताएका छन् ।

बोहरा २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?