पाकिस्तानमा असिना पानीले २८ जनाको मृत्यु

दार्चुला । पाकिस्तानको खैबर पख्तुन्ख्वा र पञ्जाव प्रान्तमा भीषण वर्षाका कारण कम्तिमा २८ जनाको मृत्यु भएको छ । डेढ सय बढी घाइते भएका छन् ।

हावा हुरीसहितको वर्षाले कैयौं घरहरु भत्किएका छन् भने सडक छेउका रुख पनि ढलेका छन् । असिना पानीले खैबर पख्तुन्ख्वामा २५ र पञ्जावमा कम्तिमा तीन जनाको मृत्यु भएको प्रान्तीय सरकारहरुले बताएका छन् ।

पास्तिान सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि सेना परिचालन गरेको छ । पाकिस्तानमा गत वर्ष अभूतपूर्व वर्षाका कारण झण्डै १८ सय मानिसको मृत्यु भएको थियो भने ३ करोड ३० लाख मानिस विस्थापित भएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?