कारको ठक्करबाट कञ्चनपुरका एकै परिवारका ४ जनाको मृत्यु

दार्चुला । भारतमा कारको ठक्करबाट कञ्चनपुरका एकै परिवारका ४ जनाको मृत्यु भएको छ। भारतको उत्तराखण्ड अन्तर्गत वनबासा नजिकैको चक्करपुरमा विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिँदा एकै परिवारका ४ जनाको ज्यान गएको हो।

कञ्चनपुरको उल्टाखाम घर भएका चन्द परिवारका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २३ वर्षीया बुहारी नर्मदा चन्द र भाईकी पत्नी कल्पना चन्दको मृत्यु भएको बताइएको छ। उनीहरु खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका थिए।

शनिवार भएको उक्त दुर्घटनामा चारैजना बनबासा हुँदै २ वटा स्कुटरमा खटिमातर्फ गइरहेका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?