दार्चुला । बझाङमा पाँच दिनदेखि ठप्प पारिएको यातायात आजदेखि सुचारु भएको छ। नयाँ भाडादरको विषयमा यातायात व्यवसायिहरुसँग सहमती भएपछि पाँच दिनदेखि बन्द भएका लामो दुरीका सवारी साधनहरु सञ्चालन हुने भएका हुन्।
केहिदिन अघि प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा चल्ने लामोदुरीका सार्वजनिक सवारी साधनको नयाँ भाडादर तोकेको थियो । जसअन्र्तगत धनगढीदेखी बझाङसम्मको भाडा एक हजार ४१ रुपैयाँ तोकिएको थियो । तर यातायात व्यवसायीहरुले भने पुरानै भाडा एक हजार दुई सय ५० रुपैयाँ लिन पाउनुपर्ने भन्दै आन्दोलित भएका थिए ।
बुधबार भएको नयाँ सहमती अनुसार प्रदेश सरकारले जारि गरेको भाडा दर लागु नगरेर अव प्रतिकिलोमिटर ४ रुपैयाका दरले कायम गर्ने सहमति भयपछी अवरुद्द यातायात आज विहानवाट सञ्चालन हुने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया