कैलाली र कञ्चनपुरबाट खैरो हेरोईनसहित दुई युवक पक्राउ

दार्चुला । कैलाली र कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। कैलालीको जानकी गाउँपालिका–४ का १९ वर्षीय नबीन कठरीया २ सय मिलिग्राम लागुऔषध (खैरो हेरोईन)सहित पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ हात्तीबोझामा सोही ठाउँका २६ वर्षीय बिरेन्द्र बडायक पक्राउ परेका छन्। भारतबाट नेपाल तर्फ साईकलमा आउदै गरेका बडायकलाई चेकजाँच गर्दा ०.३७ मि.ग्राम लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो। यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?