डोटीकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

दार्चुला । डोटीकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको सायल गाउँपालिका–४ की २५ वर्षीया शान्ता नेपालीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

स्थानीय डौड स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि शान्तालाई जिल्ला अस्पताल डोटी पुर्‍याइएको थियो ।

उनलाई गर्भावस्थामा उच्च रक्तचाप भई वीक अफ जेस्टेसन वीथ एक्लाम्प्सीया (weeks of gestation with eclampsia) भएर यहाँ उपचार गर्न नसकिएको जिल्ला अस्पताल डोटीका मेडिकल अधिकृत डा. प्रकाश ठकुल्लाले जानकारी दिएनुभयो।

उनले आइसियुमा राखेर उपचार र थप परीक्षण गर्नु पर्ने भएका कारण हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत प्रेषण गरिएको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत शान्ताको हवाई उद्धार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?