दार्चुला । बझाङमा सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ । सुदुरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो ।
दुर्घटनामा परि मन्त्री सिंह सहित ४ जना घाइते भएका छन् । खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया