बझाङ दुर्घटना अपडेटः कानुनमन्त्रीसहित ५ जनाको अवस्था गम्भीर

दार्चुला । बझाङमा सुदूपश्चिम सरकारका मन्त्री चढेको गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

आज (मंगलबार) दिउँसो १ बजेर ४५ मिनेटमा बझाङको केदारस्यु गाउँपालिका वडा नम्बर(१ स्थित कालंगा नदी किनारमा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी खस्दा दुर्घटना भएको हो।

प्रहरी स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका कानुनमन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी नदी किनारमा खसेको हो। डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा गाडी सडकबाट ५० मिटर तल कालंगा नदी किनारमा खसेको थियो।

दुर्घटनामा मन्त्री सिंहसहित ५ जना घाइते भएका छन्। घाइते हुनेमा चालक धर्मराज जोशी‚ मन्त्री सिंह, उनकी पत्नी अमृता सिंह, जयदेवी सिंह ९महिला० र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारी रहेका छन्।

खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका–१ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकीको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ। सबैको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?