दार्चुला । गाडी दुर्घटनामा गम्भीर घाइते सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ ।
बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ५ बजेर ३३ मिनेट जाँदा उनको मृत्यु भएको मेडिकल कलेज सूचना अधिकारी सञ्जय पन्तले बताउनुभयो । कांग्रेस सचेतक गीता चौधरीले पनि मन्त्री सिंहको मृत्यु पुष्टि गरिन् ।
मंगलवार धनगढीबाट बझाङ जाँदै गरेका मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो। उनी सवार प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना हुँदा श्रीमती अमृतादेवी र भाउजु जानकीको घटना स्थलमा मृत्यु भएको थियो। उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीको भने उपचार हुँदैछ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया