पछिल्लो २४ घण्टामा काेराेनाका कारण चार महिलासहित थप १२ जनाको मृत्यु

दार्चुला। कोभिड १९ का कारण पछिल्लो २४ घन्टायता नेपालमा थप १२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डाक्टर जागेश्‍वर गौतमले २४ घण्टामा थप १२ जनाको मृत्यु भएको जानकारी दिनुभएकाे छ।

प्रवक्ता डाक्टर गौतमले ४ जना महिला र ८ जना पुरुषको कोरोना संक्रमणबाट मुत्यु भएको बताउनुभयाे । ज्यान गुमाउने महिलाहरूमा मोरङका ५६, ६५ वर्षीया रहेका छन्।

त्यस्तै भक्तपुरकी ६४ वर्षीया र मकवानपुरकी ७१ वर्षीया महिलाले पनि ज्यान गुमाएकी छन्। ज्यान गुमाउने पुरुषहरूमा ८ जना रहेका छन्। जसमा उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय रहेका छन्।

त्यस्तै पछिल्लो २४ घन्टायता ज्यान गुमाउनेहरूमा कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीय रहेका छन्। गौतमका अनुसार शुक्रबारसम्म देशभर ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ।

उनका अनुसार कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या औसत जम्मा ०.५३ प्रतिशत रहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?