दार्चुला । निरन्तरको वर्षाका कारण पहिराले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलेको छ ।
उक्त राजमार्ग अन्तर्गत बैतडीको श्रीभावरमा शनिबार राति पहिरो खस्दा यातायात सेवा पूर्ण रुपमा बन्द भएको थियो ।
सडकमा खसेको पहिरो इस्काभेटरले पन्छाएपछि राजमार्ग सुचारु भएको बैतडीका प्रहरी निरीक्षक, योगेश खत्रीले जानकारी दिनुभयो ।
पहिरो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको र रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया