कैलाली कारागारमा छोरालाई बिस्कुटभित्र लुकाएर ब्राउनसुगर दिने आमा पक्राउ

दार्चुला । कैलाली कारागारभित्र ब्राउनसुगर लैजाने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार धनगढी उपमहानगरपालिका(३ मिलन चोककी ५० वर्षीया कमलादेवी अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला कारागार कैलालीमा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका आफ्ना २१ वर्षीय छोरा ओमप्रकाश अवस्थीलाई भेट्न आएकी उनले बिस्कुटभित्र लुकाएर लागुऔषध ब्राउनसुगर ल्याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार उनले ल्याएको सामान जाँच गर्ने क्रममा बिस्कुटभित्र ५ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको हो। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?