दार्चुला । कैलालीको गोदावरी नगरपालिका – ४ बुढीतोलामा कार र ट्रक एक आपसमा ठोक्किएका छन । नेपाली नम्बर प्लेटको ट्रक र भारतीय नम्बर प्लेटको कार एक आपसमा ठोक्किएका हुन ।
दुर्घटनामा कारमा सवार केही व्यक्ति घाइते भएपनि आधिकारीक विवरण प्राप्त हुन नसकेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
अहिले प्रहरी घटनास्थलमा पुुगेको छ । दुर्घटनापछि बाटो पनि अवरोध भएकाले खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया