साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई १–० गोलले हरायो

दार्चुला । १४ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हराएको छ ।

भारतको बेङ्गलोरमा मङ्गलवार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले हराएको हो । नेपालका आशिष चौधरीले ८० औँ मिनेटमा गोल गरे । आज जिते पनि यसअघिका दुवै खेल हारेको नेपाल समूह चरणबाटै बाहिरिइसकेको छ । पाकिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ । साविक उपविजेता नेपाल पहिलो खेलमा कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

समूह ‘ए’ बाट कुवेत शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् । आज हुने कुवेत र भारतबीचको खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?