दार्चुलाका दुईसहित सुदूरपश्चिममा थप १०० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९०३ पुग्यो

दार्चुला । सुदूरपश्चिम प्रदेशमा आज थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालमा भएको परीक्षणमा सुदूरपश्चिमका एक सय जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा पाँच सय ८५ जनाको परीक्षण गरिएकोमा ४० जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अछामको तुर्माखाद गाउँपालिकाका १२ जना, कैलालीको धनगढी उपमहानगरपालिकाका १० जना, अछामकै रामारोशन गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै कैलालीको गोदावरी नगरपालिकाका दुई जना, जोशीपुर गाउँपालिकाका दुई जना र कैलारी गाउँपालिकामा एक जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयाे।

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना र वेदकोट नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा ३ सय ५७ जनाको कोरोना परीक्षण भएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बझाङका ४७ जना र दार्चुलाका २ जनामा संक्रमण पुष्टि भएको बताउनुभयाे। उहाँका अनुसार बझाङको दुर्गाथली गाउँपालिकाका ४७ जना र दार्चुलाकाे शैल्यशिखर नगरपालिकाका एक जना र जिल्ला प्रहरी कार्यालय दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको हो।

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ। ८८ जनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार नौ सय तीन पुगेको छ। संक्रमित मध्ये चार हजार आठ सय ४० जना निको भएर डिस्चार्ज भएको दावी गरिएको छ भने १४ जनाको मृत्यु भइसकेको छ।

बैतडीमा निषेधाज्ञा लम्बियो

बैतडीमा कायम गरिएको निषेधाज्ञा भदौ २१ गतेसम्म लम्बिएको छ। भदौ ८ देखि जारी भएकोे निषेधाज्ञा आज राति(आइतबार) १२ बजे सकिदै थियो।

आज बसेको जिल्ला सुरक्षा समिति र जिल्ला स्तरीय कोभीड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ २१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयाे ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको उहाँले बताउनुभयाे ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?