दार्चुला । कञ्चनपुरमा एक १६ वर्षिय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई सोही नगरपालिका वडा नम्बर ५ हेल्थपोष्ट प्रकृति शुद्ध डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया