एसईईको नतिजा आज साँझ वा भोलिसम्म आउने

दार्चुला । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । परीक्षा नियन्त्रण विष्णुनारायण श्रेष्ठले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो । परीक्षा नियन्त्रण श्रेष्ठका अनुसार, तथ्याङ्कको शुद्धाशुद्धि परीक्षण गर्ने र परीक्षाको नतिजा प्रकाशन गर्ने तयारीलाई तीव्र बनाइएको छ ।

उहाँका अनुसार उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने कामसमेत सकिएको र रुजु गर्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, एसईईको नतिजा प्रकाशनको अन्तिम तयारी छ । अहिले रुजुको काम चलिरहेको छ, अबको दुई दिनभित्र नतिजा सार्वजनिक गर्छौं । नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि बुधबार बोर्ड बैठक बोलाइएको छ । कुनै प्राविधिक समस्या नआए आजै साँझसम्म नतिजा सार्वजनिक हुने सम्भावना छ र कुनै प्राविधिक समस्या आएमा भने भोलि प्रकाशन गरिने छ ।

एसईईको नतिजा प्रकाशनका लागि आजको गोरखापत्रमा सूचना प्रकाशन गर्दै कसरी परीक्षाफल हेर्न सकिन्छ भनेर सूचित गरिएको छ । एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?