एसईईमा माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बागमतीका धेरै, सबै भन्दा कम कर्णाली र सुदूरपश्चिममा

दार्चुला । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अन्य प्रदेशको तुलनामा बागमतीको नतिजा राम्रो देखिएको छ । बागमतीमा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या अन्य प्रदेशमाभन्दा बढी देखिएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार बागमती प्रदेशमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ११ हजार ४८१ रहेको छ । जुन बाँकी ६ प्रदेशमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने कुल विद्यार्थी संख्या भन्दा बढी हो । बागमतीमा कुल ९९ हजार २४३ जनाले एसईई दिएकामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने ११.५६ प्रतिशत रहेका छन् ।

यो ग्रेड समूहमा ग्रेडिङ हुने विद्यार्थी लुम्बिनीमा २ हजार ७९५, कोशीमा २ हजार ७०७, मधेशमा २ हजार १८५, गण्डकीमा १ हजार ६४७, सुदूरपश्चिममा ४०० र कर्णालीमा २४० जना रहेका छन् । प्रतिशतमा हिसाब गर्दा ३.६ देखि ४ जीपीए ल्याउनेहरु गण्डकीमा ३.९३, कोशीमा ३.५२, लुम्बिनीमा ३.३८, मधेशमा २.८२, सुदूरपश्चिममा ०.७३ र कर्णालीमा ०.६४ प्रतिशत छन् ।

३.२० देखि ३.६० जीपीएसम्म ल्याउने विद्यार्थी पनि बागमती प्रदेशमा नै धेरै रहेका छन् । यो ग्रेड समूहमा बागमतीका २० हजार २२१ जना विद्यार्थी छन् । जुन यो प्रदेशबाट एसईई दिने कुल विद्यार्थी संख्याको २०.३७ प्रतिशत हो ।

यो ग्रेड समूहमा कोशीका ८ हजार ३३२, मधेशका ८ हजार ४४९, गण्डकीका ४ हजार ६९३, लुम्बिनीका ६ हजार ८१३, कर्णालीका १ हजार ३२० र सुदूरपश्चिमका १ हजार ८१० जना विद्यार्थी रहेका छन् । प्रतिशतमा हिसाब गर्दा ३.२ देखि ३.६ जीपीए ल्याउनेहरु गण्डकीमा ११.२०, मधेशमा १०.९२, कोशीमा १०.८५, लुम्बिनीमा ८.४२, कर्णालीमा ३.५५ र सुदूरपश्चिममा ३.३३ छन् ।

सातै प्रदेशको एसईई नतिजा
प्रदेश कूल विद्यार्थी संख्या .६ देखि ४ जीपीए(%) .२ देखि ३.६ जीपीए(%)
बागमती ९९,२४३ ११.५६ २०.७३
गण्डकी ४१,८८४ ३.९३ ११.२०
कोशी ७६,७४३ ३.५२ १०.८५
लुम्बिनी ८२,६७७ ३.३८ ८.२४
मधेश ७७,३२४ २.८२ १०.९२
सुदूरपश्चिम ५४,२५८ ०.७३ ३.३३
कर्णाली ३७,४५७ ०.६४ ३.५५
कूल ४,६९,५८६

स्रोत : राष्ट्रिय परीक्षा बोर्ड

२.८० देखि ३.२० जीपीए ल्याउनेमा पनि बागमतीकै विद्यार्थी धेरै छन् । बागमतीका १९ हजार २८८, मधेशका ११ हजार ५१२ र कोशीका ११ हजार ६२९ जना, लुम्बिनीका १० हजार २०१, सुदूरपश्चिमका ८ हजार १२, गण्डकीका ६ हजार ८५७ र कर्णालीका ३ हजार ६८८ जना विद्यार्थी रहेका छन् ।

सबैभन्दा कमजोर ग्रेड समूह अर्थात् ०.८० देखि १।२ जीपीए ल्याउनेमा भने बागमतीका कम विद्यार्थी छन् । सबैभन्दा धेरै लुम्बिनीका ७१९, सुदूरपश्चिमका ६३३, मधेशका २६५, कोशीमा २६४, कर्णालीका १२४, बागमतीका ११३ र गण्डकीका ८२ रहेका छन् ।

कमजोर ग्रेड समूह अन्तर्गत नै १.२ देखि १.६ जीपीएसम्म ल्याउनेमा सबैभन्दा धेरै लुम्बिनीका १० हजार ५७३ जना छन् । त्यस्तै सुदूरपश्चिमका ८ हजार ८३३, मधेशका ७ हजार २५०, कोशीमा ४ हजार ९५८, बागमतीका २ हजार ५४३, गण्डकीका २ हजार ५८ र कर्णालीका २५४ जना रहेका छन् ।

१.६० जीपीए भन्दा कम ग्रेड ल्याउनेले कक्षा ११ पढ्न पाउने छैनन् । उनीहरुले कक्षा ११ पढ्न योग्य हुन ग्रेड वृद्धिको परीक्षा दिनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?