दार्चुला । डोटीका विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन्। जिल्लाको दीपायल–सिलगढी नगरपालिका वडा नम्बर ५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाएर बिरामी परेका हुन्।
आइतबार राति उनीहरुलाई डडेल्धुरा ल्याइएको हो । उनीहरुको डडेल्धुरा अस्पताल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । डोटी प्रहरीका अनुसार १८ वर्षिय अनमोल दुरा, आशु बोगटी, ६० वर्षीया गंगा दुरा, १४ वर्षीया एलिजा दुरा, १० वर्षीया मीना बोगटी, सुनिल खड्का, शकुन्तला खड्का, निशा बोगटी र वर्मा देवल विषालु च्याउ खाएर बिरामी परेका हुन्।
आइतबार बिहान अस्पताल पठाइएका दुई जनाको परिचय खुलेको छैन।
बर्खामा खेतबारी र जङ्गलमा जताततै च्याउ उम्रिने गरेको तर खान योग्य कुन च्याउ हो भनेर सहजै छुट्याउन गाह्रो हुने भएकाले जङ्गली च्याउ नखान विज्ञहरुको आग्रह छ । यो बेला जताततै उम्रिने जङ्गली च्याउ खाँदा बिरामी पर्ने र ज्यानैसमेत जान सक्ने जोखिम हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पकाउँदा पनि च्याउमा हुने विष कम नहुने भएकाले जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको अनुरोध छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया