नेपाली सेनामा जागिर लगाई दिने भन्दै ठगी गर्ने बैतडीका एक जना पक्राउ

दार्चुला । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने बैतडीका एक जना पक्राउ परेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर १० का ३५ वर्षीय महेशराम लावड पक्राउ परेका हुन्।

उनले आफ्नो नाम दिनेश विष्ट भन्दै काठमाडौ बोलाएर ठगी गर्दै आएको खुलेको छ। लावडले डोटीको पुर्बीचौकी गाउँपालिका–७ का देवबहादुर विकलाई नेपाल आर्मीको भान्सेमा जागिर लगाइदिन्छु भनी ठगेको पाइएको हो। उनले कागजात माग गरी नेपाली सेनाका तेघरी लगायत विभिन्न तालिम केन्द्र रहेका स्थान नजिक बोलाई आवेदन फाराम भर्ने काम गरेका थिए। महेशरामले देवबहादुर विकबाट ४ लाख २० हजार रकम खाएको खुलेको छ। देवबहादुरलाई काठमाडौ बोलाएर रकम बुझेपछि महेशराम सम्पर्क बिहिन भएका थिए।

देवबहादुरले महेशरामको नाममा ठगीको निवेदन दिएपछि उनको खोजतलास सुरु भएको थियो। खोजतलासपछि उनी दिनेश विष्ट नभई महेशराम लावड रहेको खुलेको हो। उनी नेपाली सेनामा २०६२ देखी २०७३ साल सम्म जागिर गरी सो पश्चात सुर्खेत ब्यारेकबाट भागेको पाइएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले असार २३ गते (शनिबार) बाँके जिल्लाको राप्तीसोनारी गाउपालीका वडा नम्बर–९ शम्सेरगंजबाट डेरा गरी लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो। उनी विरुद्ध ठगी सम्बन्धी मुद्धा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?