दार्चुला । सेनेगलबाट स्पेनका लागि हिँडेका तीनवटा डुङ्गामा सवार करिब तीन सय आप्रवासी बेपत्ता भएका छन्। भू(मध्यसागरको क्यानरी टापुमा उनीहरु बेपत्ता भएको आप्रवासी सहायता समूह वाकी बोर्डरले जनाएको छ।
सेनेगलबाट स्पेन पुग्ने प्रयास गरेको १५ दिनदेखि उनीहरु हराइरहेको वाकिङ् बोर्डर्सकी हेलेना मालेनोले बताउनुभयो। दुईवटा डुंगामा १२० जना र तेस्रो डुंगामा करिब २०० जना सवार थिए।
पश्चिम अफ्रिकाको तटमा रहेको क्यानरी टापुहरू स्पेन पुग्न खोज्ने आप्रवासीहरूको लागि मुख्य गन्तव्य बनेको छ। भू(मध्यसागर पार गरी स्पेनको मुख्य भूमिमा जान उनीहरुले प्रगोग गर्दै आएका छन्।
एट्लान्टिक माइग्रेसन मार्ग, संसारमा सबैभन्दा घातक मध्ये एक हो। एजेन्सी
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया