दार्चुला । कैलालीमा साउन १ गतेबाट ट्राफिक जरीवाना अब मोवाईल बैकिङ्ग मार्फत अनलाईन मार्फत भुक्तानी गर्ने नियम लागु हुने भएको छ । ट्राफिक नियम उल्लङघन गर्ने सवारी चालक तथा धनिलाई ट्राफिक जरीवाना बाफत नगदी रसिद दिएर अनलाईन भुक्तानी हुने भएको हो ।
कैलालीमा ट्राफिक भ्वाईलेन्ट रेकर्ड सिस्टम (टिभिआरएस) सफ्टवेयर माध्यमबाट जरिवाना बैकिङ्ग प्रणाली मार्फत भुक्तानी लिने जिल्लामा ट्राफिक कार्यालयका प्रमुुख प्रहरी निरिक्षक बिरेन्द्र जोहारीले जानकारी दिनुभयो ।
बैकिङ्ग प्रणाली मार्फत भुक्तानी लिने स्टमका बिषयमा बुधबार धनगढीमा जिल्लाका सबै ट्राफिक कार्यालयका युनिटका प्रमुखहरुलाई तालिम दिएको छ । कार्यालय प्रमुख तथा पोष्ट प्रमुख, कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई तालिम प्राप्त प्रहरी कर्मचारी द्धारा उक्त सफ्टवेयर तथा बैङकिङ प्रणालिको बारेमा तालिम दिईएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया