दार्चुला । बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका–३ भुलेनमा छानो पछाडीको रुख ढडलेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मध्येराति अन्दाजी १ बजे वर्षाका कारण रुख ढलेर स्थानीय ५८ वर्षीय गोकुले ल्वारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिएका छन्।
उनले दिएको जानकारी अनुसार भुलेना गाउँबाट ३ घण्टाको पैदल यात्रामा पर्ने विर्मा लेखको छानोमा सुती रहेको अवस्थामा छानो पछाडीको रुख ढलेर ल्वार र एक भैसी र पाडोसमेत मरेको बताउनुभयो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया