दार्चुला । कैलालीको टीकापुर नजिकैको नाकाबाट भारतमा चोरी गरेर आइरहेका नेपालीहरू प्रहरीको फन्दामा परेका छन्।
बिहीबार भारतबाट नगद रकम र ठूलो मात्रामा सुन चोरी गरेर नेपालतर्फ (घर) फर्किने क्रममा तीन जना नेपाली पक्राउ परेका हुन्। भारतीय प्रहरीले उनीहरूलाई ३ करोड भारतीय रुपैयाँ र १५ किलो ग्राम जति सुनसहित नाकाबाटै समातेको हो।
भारतीय प्रहरी स्रोतका अनुसार उनीहरूलाई तिकुनियाँबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नम्बर ८ का शंकर साउद, उनकी पत्नी र बर्दियाका एक अर्का युवक रहेको खुलेको छ ।
उनीहरू तीनैजना तिकुनियाँको बसपार्कबाट पक्राउ परेका थिए। भारतमा मजदुरी गर्दै आएका उनीहरूले त्यहाँ लुटपाट गरी नेपाल भाग्न लागेको बताइएको छ।
कैलालीको सशस्त्र प्रहरीले पनि यसबारे भारतीय प्रहरीबाट जानकारी लिइरहेको बताएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया