दार्चुला । डोटीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ मा सर्पको टोकाइबाट ७२ वर्षीया निरन्जनादेवी भट्टको मृत्यु भएको हो ।
छोरीसँग फोनमा कुरा गरिरहेका बेला भट्टलाई घरको आँगनमा सर्पले टोकेको थियो । सर्पले टोकेपछि भट्टलाई उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा बेलुका करिब ५ः३० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज भण्डारीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया