दार्चुला । डडेल्धुरामा आँपको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका वडा नम्बर २ रुपाल रैनपाटाका निरज दमाईकी श्रीमती ३२ वर्षीया रूपा दमाईको मृत्यु भएको हो।
हिजो (मंगलबार) दिउँसो साढे १ बजेतिर भागेश्वर गाउँपालिका–३ पायल भन्ने ठाउँमा आँप टिप्ने क्रम रुखबाट लडेर रूपाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया