दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोका भोलि खोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले बुधबार एक सूचना निकालेर भोलि (सनिबार) विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधका ढोका खोल्ने जनाएको हो ।
भारतीय प्रशासनले सिल्ट सरसफाइको कार्य गर्ने भन्दै नेपाली प्रशासलाई जानकारी गराएकोले महाकाली नदीमा जलस्तर बढ्ने भन्दै सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।
यस्तै आज (शुक्रबार) एक सूचना जारी गरेर बैतडी प्रशासनले पनि सर्तकता अपनाउन आग्रह गरेको छ।
भारतमा पर्ने धौलीगंगा जलविधुत परियोजनको सिल्ट सरसफाईका लागि बाँधको ढोका खोलीने जिल्ला प्रशासन बैतडीले जारी गरेको सूचनामा उल्लेख छ । सो समयमा महाकाली नदि किनारका नागरिकहरुलाई सचेत रहन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकर बहादुर बोहराले बताउनुभयो ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया