विद्युत अवरुद्ध हुदा दुई दिनदेखि अन्धकारमा दार्चुला

दार्चुला । मंगलबारदेखि दार्चुला जिल्लाभरी विद्युत अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ९ नायलमा रुख भाचिएर तार चुडीए पछि दार्चुलाभरी विद्युत सेवा अबरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ ।

दार्चुला देखि अत्तरिया सम्म जाने १३२ केभिए प्रसारण लाईनमा खनिउ (खन्या) को रुख भाचिएर चार वटा ठूलो पोलको तार चुडीएपछि विद्युत सेवा अबरुद भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका गोकुलेश्वर क्षेत्र हेर्ने प्राविधिक लहान चौधरीले बताउनुभयो ।

विद्युत मर्मतको लागी तार तान्ने मेसिन दार्चुलामा नभएको र मेसिन अन्तरिया बाट ल्याउनु पर्दा मर्मतमा ढिलाइ भएको उहाँको भनाई छ । अबरुद्ध भएको विद्युत सञ्चालन गर्न अझै दुई दिन लाग्न सक्ने उहाँले बताउनुभयो । दार्चुला र उत्तरीयाबाट आएको प्राविधिक टोलीले बुधबारदेखि लाइन मर्मतको काम गरिरहेकोले छिटोमा बिहिबार बेलुकीसम्म विद्युत सुचारु हुने चौधरीको भनाई छ ।

विद्युत सेवा अबरुद्ध हुदा सेवाग्रही समस्यामा परेका छन । अधिकासं स्थानीय एफएम रेडियो तथा पत्रपत्रिका समेत बन्द भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?