बाजुरामा माइति घरबाट फर्कने क्रममा एक महिला नदिमा हाम फालेर बेपत्ता

दार्चुला । बाजुरामा एक महिला नदिमा हाम फालेर बेपत्ता भएकी छन । जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ धिम बस्ने महेश रावतकी श्रिमती अन्दाजी १८ बर्षीया रचना बुढथापा कुवाडी नदिमा हाम फालेर बेपत्ता भएकी हुन्।

हिजो (सोमबार) श्रीमानसंगै माइति घरबाट फर्कने क्रममा श्रीमानसंग जान नमानेको र कुवाडी नदिमा हाम फालेर रचना बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

उनी बाजुरा र हुम्ला जोडने कुवडी नदिको झुलङ्गे पुलबाट हाम फालेर बेपत्ता भएकी हुन । बेपत्ता रचनाको खोजीकार्यका लागि नेपाली सेनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?