दार्चुला । डडेल्धुरामा एम्बुलेन्स दुर्घटना भएको छ । धनगढीस्थित सीपी अस्पतालको से १ च १२२८ नम्बरको एम्बुलेन्स डडेल्धुरास्थित केआईसिंह राजमार्गको राइको मोडमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।
अत्तरियाबाट शव बोकेर आइरहेको सो एम्बुलेन्समा चालक अर्जुन बोहरासहित ६ जना रहेका थिए । ब्रेक फेल हुँदा एम्बुलेन्स सडकबाट १० मिटर तल खसेको र सबै जना सकुशल रहेका प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




