बझाङमा दलितको घर भत्काउने तीन पक्राउ

दार्चुला । बझाङमा दलितको घर भत्काउने तीन जना पक्राउ परेका छन् । जोशी बस्तीनजिक दलितले घर बनाउन पाइदैन भन्दै स्थानीयले दलितको घर भत्काउनुका साथै मकैबाली काटेको बझाङ प्रहरीमा उजुरी परेको छ ।

बित्थडचिर गाउँपालिका –७, स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले विहीबार स्थानीय धामी गाउँका भवानी जोशी, कृष्ण जोशी र नन्दलाल जाशीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले पीडितले दिएको उजुरीअनुसार तीन जनालाई पक्राउ गरी अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको बताउनुभयो ।

पीडित पुटके ओखेडाले स्थानीय ३०–३२ जनाको समूहले हाम्रो बस्तीनजिक दलितले घर बनाउन पाइदैन भन्दै जातीय रुपमा गालीगलौच गरी घर भत्काएको बताउनुभयो । घट्नाका विषयमा बित्थडचिर गाउँपालिका –७, का वडा अध्यक्ष दिनेश अधिकारीले पुटके ओखेडाले घर बनाउन खोज्दा स्थानीय गैरदलितले भत्काइदिएको जानकारी आएको बताउनुभयो । गोरखापत्र

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?